काठमाडौ, माघ २ -
सात राजदूतसँग अन्तरंग
दार्चुला मूल घर भएका किसनसिंह धामीले जीवनका २० वर्षभन्दा बढी 'ड्राइभिङ' पेसा अपनाए । तर बितेका ती वर्षहरू किन पनि अरूभन्दा बढी सम्झनलायक बनेका छन् भने धामीले लगातार सातजना प|mेन्च राजदूतहरूसँग अन्तरंग 'ड्राइभरी' यात्रा पूरा गरेका रहेछन् र, ती क्षणहरू अब पुस्तकाकार रूपमा आउने भएको छ ।
पेसाभन्दा भिन्न रुचि राख्ने कवि प्रतिभा धामीले हालै प|mेन्च दूतावासको ड्राइभर जागिरबाट अवकाश लिएका छन् । तर यो जागिरमा जोडिएका स्मृतिलाई उनले कूटनीतिक-स्वाद भरेर पुस्तकमा ल्याउने भएका छन् । यसअघि कविता वा उपन्यासको दुनियामा हराइरहेका ४५ वर्षे धामीले अब ड्राइभर र कूटनीतिको संयोग जोडेर कृति निकाल्दै छन् ।
'यो सन् २०१२ सालका लागि साँचेको अठोट भयो, हुन सक्यो भने यो कृतिलाई एकैसाथ अंग्रेजी र प|mेन्चमा समेत निकाल्ने योजनामा छु,' शुक्रबार ठमेलस्थित चाचा क्याफेमा भेटिएका धामीले भने । उनका बुझाइमा 'टकिङ, इटिङ र मिटिङ' -गफ, खानपिन र बैठक) केन्दि्रत रहने राजदूत भूमिकालाई सफल तुल्याउन कपटरहित निमित्त राजदूत, चतुर निजी सचिव र बफादार चालकसमेत उत्तिकै जरुरी हुन्छ । 'सन् १९९२ मा नेपाल आएका प|mेन्च राजदूत गालासदेखि अहिलेका जँं चाल्र्स दमर्कीसम्मको अन्तरंग संगत र उनीहरूको रुचिलाई पुस्तकमा समेटेको छु,' धामीले भने ।
रुचिको कुरा गर्दा १९९३ मा नेपाल आएका राजदूत डेनियल दुपोंकी श्रीमती भने कूटनीतिक वृत्तका प्रथम महिलाहरूमाझ 'मेंजो' -तासजस्तै खेल) खेलाउनमा रुचि राख्ने रहिछन् । राजदूत दुपोंले राजा वीरेन्द्रको परिवारलाई आफूकहाँ डिनरमा बोलाएको र राजाका लागि क्युबामा बनेको 'स्पेसल सिगार' उपलब्ध गराउनुपर्दाको कुदाकुदलाई धामीले पुस्तकमा लेखेका छन् । त्यसपछि आएका अर्का राजदूत मिसेल लुमो भने वाइनका पारखी रहेछन्, उनैले नेपालमा युरोपेली-वाइन भित्र्याएका रहेछन् । 'लुमो ठमेलमा आएका पुराना मास्क, सम्पदाहरू किन्नमा रुचि
राख्थे । हाम्रा कलाकार किरण मानन्धरका कला-सृजनालाई प|mेन्च म्युजियम र संग्रहालयमा पुर्याउने उनै लुमो थिए,' धामीले लेखेका छन् ।
दरबार हत्या-काण्डताका राजदूत रहेका क्लाउड एम्ब्रोजनी भने राजनीतिक खबर र सूचनाहरूप्रति सधैं 'तिर्खालु' रहन्थे । हत्याकाण्डको रातभर उनी आफ्नो निवासमा जागै बसेका रहेछन् । ड्राइभर धामी भने हरेक क्षणमा सुनिने खासखुस र हल्ला बनेर आउने सूचनाहरूका 'खबरीलाल' बनेका रहेछन् । अर्का राजदूत मिसेल जोलिभेट भने पदयात्राका खुबै सोखिन थिए । नागार्जुनमाथिको जामाचोकमा हरेक शनिबार चालक धामीलाई लिएर उनी पदयात्रामा निस्कने रहेछन् । 'एकपटक दार्जिलिङ जाने क्रममा काठमाडौंबाट कूटनीतिक गाडी लिएर हामी झापा-इलाम हुँदै उता गएका थियौं । नेपाल बन्द जारी रहेका बेला पनि राजदूत जोलिभेटको दृढ-इच्छाका कारण इलाम पुगेका थियौं,' धामीले सम्झे ।
जोलिभेट पछाडि आएका अर्का राजदूत जिल हेनरी भने अलिक सोखिन र रसिक स्वभावका रहेछन् । स्त्री-सुन्दरता र आकर्षण भनेपछि निकै लोभिने उनको स्वभावलाई पनि धामीले पुस्तकमा समेटेका छन् । अहिलेका राजदूत जँं चाल्र्स दमर्कीलाई बढी कूटनीतिक गाम्भीर्यता र चासो भएको पात्रका रूपमा उनले लेखेका छन् । 'एउटा राजदूतले बुझ्ने दुई देशबीचको सम्बन्धको आफ्नै स्थान रहला तर एउटा जनसाधारण र पेसाले ड्राइभरले नजिकबाट देखेको अनि बुझेको कूटनीतिक-रसलाई उतार्ने प्रयत्न गरेको छु,' धामीले पुस्तकको निचोडमा भनेका छन्, 'हरेक जनसाधारणले सानादेखि ठूलासम्म विषयलाई एकैसाथ भिन्न तहमा बुझिरहेको हुन्छ, त्यो बुझाइको आफ्नो तहलाई मैले नढाँटीकन
समेटेको छु ।'
घर सम्झी आउनेहरु
नयाँ वर्ष-२०१२ को स्वागतमा थानकोटको त्रिभुवन पार्कमा गत डिसेम्बर ३१ म्ा भेला भएका इजरायलबाट फिरेका केयर-गिभर, कृषक र अन्य सेवाग्राहीका माझमा अचानक इजरायली कार्यवाहक राजदूत आदम लेभिन पनि उपस्थित भए । आफूमा भिन्न सीप र आत्मविश्वास लिएर इजरायलबाट फिरेका एक सयभन्दा बढी सीपसम्पन्न पुरुष-महिलाको एक हूल त्रिभुवन पार्कमा भेला भइरहेका बेला उनीहरूको सपना र योजनाको फेहरिस्त आफैंमा सुनिरहुँजस्तो थियो । 'देशमा आर्थिक क्रान्तिको लागि आधुनिक कृषि क्रान्तिको आवश्यकता रहेको यस बिषम परिस्थितिमा आधुनिक कृषिमा आधारित काम गर्नका लागि आधुनिक गि्रन हाउस, एन्टि इन्सेक्ट नेट, प्लास्टिक तथा माइक्रो इरिगेसन, डिप इरिगेसन सिष्टम, स्पि्रङ्ग्लर इरिगेसन सिस्टम, फोगेर इरिगेसन सिस्टमको लागि चाहिने जुन कुनै सामानको खरिद एवं सल्लाह-सहयोगको लागि सम्झनुहोस्,' हूलमा भेटिएका हेटौंडाका २८ वर्षे श्रीकृष्ण अधिकारी सानो चिर्कटो आगन्तुकहरूलाई बाँड्नमा व्यस्त थिए । विदेशबाट घर फिरेपछि यो कृषिप्रधान देशमा कृषि उब्जनी गरेर भिन्न पौरख र ऊर्जा देखाउन लागेका यी तन्नेरी उमेरका दाजुभाइहरूसँग योजनाको चाङ
छ । तर यिनलाई भरथेग गर्ने र साथ दिने सरकारी निकाय भने दुर्लभप्रायः स्थितिमा छ ।
बरु इजरायली दूतावासका कार्यबाहक
राजदूत आदम लेभिनले भने यी कृषक र केयर-गिभरहरूका माझमा निकै आशालाग्दो
कुरा गरिरहेका थिए । 'यो इजरायली सरकारको सदाशयता वा सहयोगको कुरा होइन, बरु नेपाली कृषकहरूले आफ्नै माटोमा सीप पोख्न चाहेको दृष्टान्त हो,' लेभिन भन्दै थिए ।

No comments:
Post a Comment