Monday, May 2, 2016

<script> (function(i,s,o,g,r,a,m){i['GoogleAnalyticsObject']=r;i[r]=i[r]||function(){ (i[r].q=i[r].q||[]).push(arguments)},i[r].l=1*new Date();a=s.createElement(o), m=s.getElementsByTagName(o)[0];a.async=1;a.src=g;m.parentNode.insertBefore(a,m) })(window,document,'script','https://www.google-analytics.com/analytics.js','ga'); ga('create', 'UA-77148597-1', 'auto'); ga('send', 'pageview'); </script>

Friday, April 22, 2016

Desi Lady सात समुन्द्र पार

अख्तियारद्वारा पत्रकार कनकमणि दीक्षित पक्राउ

काठमाडौं, वैशाख १०



अख्तियार दुरूपयोग  अनुसन्धान आयोगले शुक्रबार दिउँसो पत्रकार कनकमणि दीक्षितलाई पाटनस्थित आफ्नैं निवासबाट पक्राउ गरेको छ।
दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास आएका थिए।

दीक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको छ- ‘तपाईँ कनकमणि दीक्षितविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले यो पुर्जी लिइ आउने प्रहरी कर्मचारीका साथ लागि आउनुहोला। अन्यथा तपाईँलाई निजहरूले नछाडि ल्याउनेछन्।’
यसअघि अख्तियारले उनको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउँदै आएको छ । यसअघि अख्तियारले उनलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो।


अख्तियारले दीक्षितलार्इ थमाएको पत्र